एउटै दृष्टि, भिन्न कोण

झुट बोले मन्त्री बर्षमान पुन, किन छरे सुखद खबर भन्दै भ्रम !

२०७६ साउन ४ गते शनिवार

गत असार ३१ गते उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ‘सुखद खबर’ भन्दै नेपालले भारतमा विद्युत निर्यात गर्न थालेको बताए।

रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तथा असार अन्तिम साता देशभर भएको भारी वर्षा तथा मौसमसम्बन्धी जानकारी दिन मन्त्रालयले उक्त पत्रकार सम्मेलन आयोजना गरेको थियो। तर, सोही कार्यक्रममा मन्त्री पुनले नेपालले भारततर्फ विद्युत निर्यात गर्न थालेको ‘सुखद खबर’ सुनाएका थिए।

लगातार वर्षाका कारण इन्द्रसरोवर भरिएपछि कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिएका कारण नेपालमा मागभन्दा बढी विद्युत उत्पादन भएर भारततर्फ निर्यात गरेको उर्जामन्त्री पुनको भनाइ थियो।

‘हामीले विभिन्न ७ वटा बिन्दुबाट भारतमा विद्युत निर्यात गर्‍यौं, जुन सुखद कुरा हो। अहिले उत्पादन बढी भएका कारण भारततर्फ निर्यात गर्न सफल भएका हौं। आगामी दिनमा हामीले इनर्जी बैंकिङको अवधारणा पनि अगाडि बढारहेका छौं,’ उर्जामन्त्री पुनले भनेका थिए। See More

प्रतिक्रिया दिनुहोस