एउटै दृष्टि, भिन्न कोण

लाज लाग्दैन साम्राज्ञीलाई ? किन चाहिन्छन् नयाँ–नयाँ केटा ?

२०७६ साउन ५ गते आइतवार
सेलिब्रेटीहरुको पनि पर्सनल लाइफ हुन्छ । आम सर्वसाधारण जसरी उनीहरु पनि खुलेर रमाउन चाहन्छन् । माक्सबिना निर्धक्क हिँड्न चाहन्छन् । तर, स्वदेशमा त्यो अवसर निकै कम मिल्छ । यसकारण उनीहरु ‘क्वालिटी टाइम स्पेन्ड’ गर्न विदेश निस्कन्छन् । नेपालमा कुर्था-सुरुवालमा देखिने अभिनेत्री पनि विदेश पुगेपछि विकिनी लगाउँछन् । र, पोज-पोजका तश्विर सामाजिक सञ्जालमा साझेदार गर्छन् । तर, कहिले काहिँ साधारण लागेको तश्विरले पनि असाधारण रुप धारण गर्ने गर्छ ।
अभिनेत्री साम्राज्ञीलाई प्रेमीसँग मस्ती मुडमा देखिएको तश्विर पाच्य लागे पनि दर्शकलाई भने पचाउन गाह्रो भएको छ । भकाभक ट्रोलर्सको शिकारमा पर्दै गएकी उनको उक्त तश्विरले ठूलै विवादको रुप लिने छनक देखाएको छ । डेढ वर्षअघि स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि भएको विवादबाट बल्लतल्ल मुक्त भएकी उनलाई फेरि प्रेमीको अंगालोमा विकिनी अवतारमा रमाइरहेको अन्तरंग तश्विरले विवादको झमेलामा फसाउने देखिन्छ । यसको प्रतिवाद उनले कसरी गर्लिन् ? धेरैलाई चासोको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस