एउटै दृष्टि, भिन्न कोण

असफल मन्त्रीको तमासा : जनताले तिरेको करबाट मन्त्रीलाई लेदरको ब्याग

२०७६ साउन ५ गते आइतवार

सर्वहारा वर्गका लागि राजनीति गरेको भनेर नथाक्ने कम्युनिस्ट नेताहरूले समेत सरकारमा पुगेपछि आर्थिक अनुशासन कायम राख्न नसक्ने गरेको कुरा नेपालमा अब नौलो रहेन । अति सामान्य व्यक्तिगत प्रयोजन र विलासितामा समेत मन्त्री तथा नेताहरूले राज्य कोषको दुरूपयोग गर्ने गरेको समाचार बारम्बार आइरहेकै छ ।

त्यसको पछिल्लो उदाहरण बनेकी छन्, वर्तमान सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल । मन्त्री अर्यालले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग हुने ब्याग समेत राज्य कोषबाट खरिद गरेको प्रमाण लोकान्तरले फेला पारेको छ ।

मन्त्रालयले मन्त्री अर्यालका लागि पाकिस्तानी लेदरको ब्याग टारगेट इन्टरप्राइजेजमार्फत २०७५ साल फागुन १५ गते खरिद गरेको लोकान्तरलाई प्राप्त बिल/भपाईमा देखिन्छ । उक्त ब्यागलाई १३ प्रतिशत भ्याट सहितको मूल्य १९ हजार ६ सय ६३ रुपैयाँ परेको छ । भ्याटबाहेक नै १७ हजार ४ सय रुपैयाँ परेकाे देखिन्छ ।

अंकमा हेर्दा सानो रकम भएपनि यो नेता तथा मन्त्रीहरूले व्यक्तिगत प्रयोजनमा समेत राज्य कोषको कसरी दुरूपयोग गर्छन् भन्ने उदाहरण हो ।

मन्त्रीकै लागि भनेर भूमि व्यवस्था मन्त्रालयले सूटकेस र ब्रिफकेस समेत एक–एक थान खरिद गरेको छ । २०७५ सालको मंसिर २३ गते खरिद गरिएको सूटकेसको मूल्य ४६ हजार ८ सय ९५ र ब्रिफकेसको मूल्य १८ हजार ६ सय ४५ रुपैयाँ (भ्याटसहित) परेको देखिन्छ । See More

प्रतिक्रिया दिनुहोस