नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी तथा विपक्षी दलका महिला सांसदसँग सामूहिक छलफल गरेका छन् ।
सोमबार भारतीय दूतावासमा आमन्त्रण गरेर पुरीले सांसदसँग छलफल गरेका हुन् । सांसदसँग गरिएको भेटपछि पुरीले ट्वीटरमा एउटा तस्वीरसमेत सार्वजनिक गरेका छन् । जसमा सत्तारुढ नेकपाकी सांसद गंगा सत्गौवा, नविना लामा र कोमल वलीसमेत थिए । नेपाली कांग्रेसकी उपाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री चित्रलेखा यादव, सांसद मीना पाण्डे पनि छलफलमा सहभागी थिए ।