एउटै दृष्टि, भिन्न कोण

ओलीले भुलेपछि : रुदै-रुदै हिड्छन् रोल्पाका एमाले !

२०७६ साउन ६ गते सोमवार

हिंसाको यात्रा र शान्तिको बाटो बिल्कुलै फरक छ । म शान्तिको पक्षमा थिए र छु पनि । मैले जनताको बहुदलिय जनवाद पढे । माक्र्सवाद र लेलिनवाद बुझे । यी बिचारहरु मेरो जीवनमा कहिलै भुल्न नसक्ने सुत्रहरु बने ।

रोल्पामा माओबादीको दिउँसै आंतक हुन्थ्यो । एमाले साँझ हुनै लाग्दा संगठन बिस्तारमा जाग्थ्यो । बिहान हुदा कुनैपनि गाउँमा जनताको बहुदलिय जनवादको वकालत गर्ने कोही न कोही जाग्थ्यो । रोल्पामा एमाले बिस्तार गर्नु भनेको कांग्रेस र माओबादीका लागि अपराधी सरह मानिन्थ्यो । यी दुबै पार्टीहरु शान्ति चाहदैन्थे । योबेला – यी ओली, माकुने, झलन र बामराजालाई कुनै तरिकाले रोल्पामा ज्यानको जोखिम थिएन । थियो त केवल अहिले बिचरा बनेका, केही दयालु पात्रहरुलाई थियो ।

रोल्पा जिल्लामा माओबादी आंकत हुदापनि तत्कालिन एमालेका कार्यक्रताहरु शक्तिशाली थिए । बर्षमान, ओनसरी, महराको निर्देशनमा दिउँसै हार्जङमा लागो लगाएर कार्यक्रता मर्दापनि डराएनन् तत्कालिन एमाले कार्यक्रता । निडर थिए, निर्दोष थिए । कुनैबेला दाङबाट गुण्डाको हुल ल्याएर ओनसरी घर्तीले नुवागाउँमा आंतक मच्चाउदापनि ओनसरी लखेट्ने यीनै बहादुर र जनताको बहुदलिय जनबाद पढेका एमालेजनहरु हुन् । तर दुःखद आज यीनै अपराधीहरुको पछि–पछि कुद्नु पर्ने दिन सुरु भए ।

पार्टीमा टिकाराम खड्का, मानबहादुर बाँठा, कुमार दसौदी, शान्तकुमार वली, गोकुल घर्तीहरु मैदानमा थिए । उनीहरु नै बास्तविक एमाले रोल्पाका नेताहरु हुन् । एमालेलाई एमाले मात्रै बनाएनन, स्थानीय तहमा कुमार, गोकुल र शान्तहरुले गाउँपालिका जिते । स्थानीय तह चुनाबमा एमालेले २ गाउँपालिका जित्यो, कुमारको रुन्टगिढी र गाकुल, शान्तको त्रिबेणी । (२०७४)

बिस्तारै माओबादी शान्तिप्रकृयामा आएपछि अलिक शान्त बाताबरण बन्यो रोल्पा । खर्चवाला, ठेगेदारहरुपनि हामीपनि एमाले भन्दै उफ्रिन थाले । बिस्तारै उनीहरुकै पार्टीमा संख्या बढ्न थाल्यो । अन्तःत पार्टी नै ठेगेदारहरुको हातमा गयो । बर्षौदेखि मिलेर बसेका एमालेहरु पार्टीभित्रको चुनाबमा बिभाजन भए । रोल्पामा पनि गुट सुरु भयो । बर्षौसम्म पार्टीभन्दै हिडेका शान्तकुमार वलीले पार्टीभित्रै चुवान गरेर जिल्ला अध्यक्ष हार्नुपर्ने अबस्था आयो । मलाई अहिलेपनि याद छ, अध्यक्ष हारेपनि शान्तकुमारले भनेका थिए, पार्टीमा अब ठेगेदारको हातमा गयो भन्दैः पार्टी कार्यालयबाट हाते ब्याग बोकेर जुगारतिर लागे । कुमार दसौदीहरु यो दृश्य देखेर, कानमा एयरफोन लगाउदै रात्री बसमा काठमाडौं चढे । गोकुल घर्तीहरु लोकतान्त्रिक चोकमा हाफ कट्टु लगाएर, कमरेड भन्दै हात मिलाउदै थिए ।

बिस्तारै एमालेप्रति जनताको आर्कषण बढ्दो थियो । एमालेका मुख्य ठेगेदार केपी ओलीले माओबादी पनि एमालेमा मिसाए । पार्टी मिसाउदा पक्का एमालेहरु घेरा बाहिर परे । ठेगेदार र उनै हार्जङमा एमाले कार्यक्रता जिउदै जलाउने माओबादीकै पुच्छर बनेर आखिर बर्षमान र ओनसरीकै पछि–पछि हिड्न बाध्ये भए बिचरा एमालेहरु । कार्यकताहरु बिचल्लीमा परेका थिए । एमालेमा माओबादी मिसिएपछि, जिल्लाको नेतृत्व गर्ने ठेगेदार भन्दै थिए, राम्रो भयो । अब देशको समृद्धि हुन्छ । यो गतल थियो । पहिले हार्जङ, नुवागाउँ लगायत जिल्लाभरीमा माओबादीले दिएका चोटको उपचार गर्नुपर्ने होइन र ? हुनत, यी जिल्लाका ठेगेदारहरु हातारात बर्षमान र शिजलको हातबाट रातो टिका लगाएर, म आजैबाट माओबादी भए भनेको प्रस्टै छ । यदिसम्म निच काम पनि गर्दोरहेछ नेतृत्वले ? आफुलाई ठेक्का पर्ने सहमति भएपछि, बर्षौ पार्टी–पार्टी भन्नेहरुलाई अपमान ? अहिले रोल्पामा एमालेको नाम निसाना छैन । छ त केवल हजारौं कार्यक्रताको पसिनाबाट बनेको चिटिक्क परेको पार्टी कार्यालय र कार्यलयमा माओबादीको झण्डा र दस्ताबेजमा बर्षमानमा काला कतुर्त छन् । एमाले कार्यक्रताको पसिनामा बसेको पार्टी कार्यालयमा आफै दिा रात चोट दिएका माओबादी रजाइँ । वा.. यस्तो नरमाईलो दृश्य देख्दा हाम्रो मन रुन्छ ।

२०७४ सालको निर्वाचनमा पनि गोकुल, कुमार वा शान्त सांसद बन्नुपर्नेमा, दिउँसै जिउदा सहिद बनाइयो । भारतमा मजदुरी गर्नेलाई रोल्पाको नाममा सांसद बनाइयो । यी सबै तमासा देख्दा, अब म त एमाले रहिन । तपाईपनि सोच्नुहोस् । हामीसंग जनताको बहुदलिय जनबाद अहिलेपनि छ । आफ्नो काम गरौं । छोड्नहोस् यी नेता र पार्टी भन्ने पनि । हामी सबैबन्न सक्छौं, माओबादीको पुच्छर बन्न सक्दैनौं र बन्नुपनि हुदैछ । यी सबै देख्दा, आजकाल रोल्पाका एमालेहरु खुबै रुन्छन् । बिचरा उनीहरुमा एमालेमा भएको उर्जा छैन । त छ केवल निराशाका पोका छन् ।

उहीँ । कुनैबेला मेरो एमाले भन्दै हिडेको म बिचरो
चाहिदैन मलाई बर्षमानको पार्टी, म अझैपनि एमाले

प्रतिक्रिया दिनुहोस