एक युवकले सामाजिक सञ्जालमा डेटिङको सबैभन्दा आश्चर्य पार्ने घटना सेयर गरेका छन् । घटना पढ्दा सबैलाई अचम्म लाग्यो । उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठानेका छैनन् । आखिर के हो त घटना ?टिन्डर(डेटिङ एप्लिकेसन/वेबसाइट)मा म्याच भएपछि एक केटीसँग केटाको प्रेम बस्यो । गर्लफ्रेन्डले आफ्नो अभिभावकसँग भेट्न बोलाए । तर त्यहिँ साँझ उसले जीवनमा नसोचेको घटनाको सामना गर्नुपर्यो ।
तर, केटीको घरछेउ पुगेपछि केटाको होस उड्यो । केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो । केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो । शुरुवातमा गर्लफ्रेन्डलाई मजाकजस्तो लागिरहेको थियो । तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन् । त्यसपछि उनीहरुको ब्रेकअप भयो । युवकले सोसल साइट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घटना लेखेका छन् ।