एउटै दृष्टि, भिन्न कोण

नेकपा स्कुल विभाग प्रमुखका लागि घनश्याम भुसाल नै योग्य

२०७६ साउन ८ गते बुधवार

एमालेको नवौँ महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर उपमहासचिव पदमा विजयी घनश्याम भुसाल नेकपाभित्र र बाहिरबाट पत्याइएका नेकपाभित्रका एक मात्र माक्र्सवादी चिन्तक हुन् । नेपालमा राजनीतिक क्रान्ति पूरा भएको’ र ‘नेपाल पूँजीवादमा प्रवेश गरेको भन्ने स्थापित गराए । भुसालको रुचि नै मार्क्सवाद पढाउनमा छ । उनी अहिले नेकपा स्थायी कमिटी सदस्य छन्।

मार्क्सवादको अध्ययनमा दखल भएका भुसाल त्यससम्बन्धी प्रशिक्षण दिन्छन् । उनले एमालेका धेरै कार्यकर्तालाई मार्क्सवाद पढाएका छन् । नवौं महाधिवेशनमा उपमहासचिव जितेपछि भुसालले पार्टी स्कुल विभाग दाबी गरेका थिए तर अर्को ‘समूह’ बाट चुनाव लडेर जितेको आफ्नै टीमका उपमहासचिव भुसाललाई त्यो दिएनन्, अध्यक्ष ओलीले।

पार्टी स्कुल विभाग आफैंसँग राखेका ओलीले उपमहासचिवमा भुसालसँगै हारेका शंकर पोखरेललाई उपप्रमुख बनाएर विभागको कार्यकारी अधिकार दिए। पार्टीको मूल नेतृत्वले लगातार ३२ वर्षसम्म किनारा लगाउँदा पनि महाधिवेशनमा प्रत्यक्ष चुनाव जितेर उपमहासचिव भएका नेता हुन् भुसाल ।

प्रतिक्रिया दिनुहोस