एउटै दृष्टि, भिन्न कोण

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

२०७६ साउन ८ गते बुधवार

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले अनलाइनखबरसँग भने, ‘अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’

प्रतिक्रिया दिनुहोस