एउटै दृष्टि, भिन्न कोण

एन आर एन बेल्जियममा कस्तो नेतृत्व चुन्ने?

२०७६ साउन ८ गते बुधवार
  • बेल्जियम

एन आर एन बेल्जियममा२०१९/२१ कार्यकालका लागि सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्नेहरूको संख्या बढ्दै गइरहेको छ।घोषणा गर्नेहरुले आफ्नै बखान गर्दै सञ्जाल रंगाई रहेका छन्।तर उनीहरूका उम्मेदवारी के का लागि?भन्ने कुरा प्रस्ट हुन सकेको छैन।

वर्तमान कार्यसमिति चलाइरहेको लोक दाहालको समुहले विगतका समिति जस्तै खासै उल्लेखनीय कार्य गर्न सकेन।चुनावी प्रतिबद्धता र घोषणापत्र कागजमा मात्रै सीमित रहे।न उनिहरुले पूरा गराएर देखाए न त पूरा गर्ने चेष्टा नै देखाए।बरु आफ्नो कार्यकालमा जम्बो टोली बनाएर नयाँ रेकर्ड कायम गरे।

बेल्जियममा लगभग ५ हजारको हाराहारीमा नेपाली हरु बसोबास गर्दै आएका छन्।यो अनुमानित डाटा हो।कती नेपाली यहाँ बस्दै आएका छन् भन्ने कुरा न एन अार एन सँगै छ न त नेपाल सरकारको प्रतिनिधित्व गर्ने नेपाली दूतावास बेल्जियम संग नै छ।एन आर एन बेल्जियमका अध्यक्ष लोक दाहालले कुनै बेला गणना गर्ने भनेर प्रस्ताव अगाडि सारे तर उक्त योजना बीचमै तुहियो। यो विषयमा नेपाली दूतावास बेल्जियम पनि उही सुस्त गतिमा रहेको देखिन्छ।

यति धेरै नेपालीहरुको बसोबास रहेको बेल्जियममा कुनै पनि एन अार एन कार्यकालमा आसिन व्यक्तिहरूले छिटफुट कार्य गरे पनि कुनै उपलब्धिमूलक कार्य गर्न नसक्नु आफैमा दुःखद पक्ष हो। यसको सबै बाधक भनेको राजनैतिक हस्तक्षेप देखिन्छ।राजनैतिक भातृ संगठन बाट निर्वाचित तथा मनोनित हरुले आफ्नो विचार भन्दा पनि संगठनको विचार, धारणा लिएर जाँदा उचित योजनहरुले पनि मूर्त रूप लिन सकेनन्।

यसै बिचमा हामीले अबको कार्यकालको लागि नेतृत्वमा जानेहरुबाट के कस्तो अपेक्षा राख्नु भएको छ भनी सोधेका थियौं। हामीलाई प्राप्त विचारहरू जस्ताको त्यस्तै राखेका छौं।

” हामिलाई एन अार एनको नेता डोनाल्ड ट्रम जस्तै आवस्यकता छ”| – मदन दवाडी

“कान सुन्ने आखा देख्ने लाज श्रम मान्ने पाप धर्म को ख्याल राख्ने ! नाम सुन्दै पहिचान ( पर्सन विथ प्रीन्सिपल प्रेस्टिज एन्ड पर्सनालिटी )झल्किने ! जिम्मेवारी बोध गर्ने र २१ औ शताब्दी को दुर्दर्शी बुद्दी भएको क्षेमतावान चरीत्रवान असल मान्छे लाई नेतृत्व का लागी चयन गर्नु पर्छ तर दुर्भाज्ञ त्यस्तो ब्यक्ती त्यती हल्का भएर बजार मा सजिलै भेटिदैन फेरी !” – ज्योति बरुवाल

“अब हामीले हाम्रो हैन राम्रो प्रतिनिधि चयन गर्नु छ हाम्रो लागि हाम्रो बच्चाको भविष्यको लागि!” – चिरन कुमार खवास

“सडक बनाइसके पछी पानिको लागि सडक भत्काउने, सडक पछि ढल को लागि बनाइ सकेको सडक बिगार्ने पद्दति, पुरानो बस्तिमा त ठिकै छ, नयाँ प्लानिग बस्तीमा पनि जमिन मुनि सबै तार, पाइप बिछ्याउनुको साटो अनियमित खम्बा गाड्ने, पर्यटक भित्र्याउने भन्ने अनि भिसा सहजता र मूल्यमा बृद्दी गर्ने सोशक हरुले रेमिट्यान्स भित्र्याउने नेपालीको रगत र पसिना चुस्ने भन्दा अरु के जानेको छ र ? बरु धिक्कार्नु त तिनै किर्णा, उडुस उपिया नेताहरुको तलुवा चाट्ने अनि एन आर एन को पदाधिकारी बन्न होडबाजी गर्ने हनुमानहरुलाई।” – श्याम श्रेष्ठ

“जोजस्ले राम्रो काम गर्नुभयेकोछ उहाँहरु प्रती हार्दिक सम्मान गर्दछु। जस्ले भोली आयेर राम्रो गर्लान उनीहरुलाई पनी उत्तिकै सम्मान र सक्ने सहयोग पनी गर्छु, तर हिजो र हाल जती आये र आउँदैछन, राम्रो आये तर हाम्रो आयेन। कीनकी उनीहरू आउनु भन्दा पहिले नै कसैको भैसकेकाछन। तेसैले आशावादी छु, राम्रो आवश् हाम्रो आवश।” – गडुल ध्वज गुरुङ

बलराम पुन लेख्नुहुन्छ:-
१)बेल्जियम मा रहेका नेपालीहरुको हकहित को लागी काम गर्ने।
२)नेपाली कला संकृती,भेषभुषा र नेपाली भाषा हाम्रा सन्ततीहरुलाई सिकाउनको लागी आवस्यक ठाउ र सामाग्रीको ब्यबस्थापन गर्ने।
३)नेपाल र नेपालीका बिभिन्न चाडपर्ब,उत्सब,बिबाह बर्तन र मृतु संकार सहज तरिकाले गर्नमिल्ने बाताबरण मिलाउने।
४)नेपालजादा होस या याहा बस्दा होस कानुनी झमेला परेको बेला सहयोग गर्न को लागी उचित पहल गर्ने।
५)पार्टी र जाती को झण्डा भन्दा नेपालको झण्डामुनी बसेर काम गर्न सक्ने ।जसलाई सबै नेपाली लगायत याहाका नागरिकले पनी सम्मान गरुन।
६)सामुहिक नेपाली भवन बनाउन सक्छु भन्ने हिम्मत वालाको खाचो छ जहा नेपाली ले मात्र नभै अन्यदेश का नागरिकले पनी सहज रुपमा प्रयोग गर्न सकुन।
हाललाई यत्तीमात्र काम गर्न सक्छु भन्ने जो कोही आउदा म मात्र नभै अधिकाम्स बेल्जियम बासी नेपाली लाई मन पर्छ जस्तो मलाई लाग्छ।

“जुन जोगि आए पनि उहीँ कान चिरेको भन्ने जस्तै हो यो एन आर एन”। – सूर्य बहादुर गुरुङ

नयाँ नेतृत्व कस्तो चुन्ने ?? सम्बद्भि थप समाचार हरु क्रमस प्रस्तुत गर्दै जानेछौ। हाम्रो अनलाईन हेर्दै गर्नुहोला।

प्रतिक्रिया दिनुहोस