केहिदिन यता सामाजिक सञ्जालमा एउटा पुल निकै चर्चामा छ । उर्जामन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पाको यो पुल एका–एक भारइरल बन्नु कारण निकै रोचक छ ।
जिल्लाको पूर्वी क्षेत्र बडाचौर र पाङ जोड्ने यो पुल चिटिक्क देखिन्छ । सोच्न सकिन्छ, यो पुल सामान्य जनश्रमदान र कमै रकममा बनाउन सकिन्छ र बन्छन् । तर यसको हल्ला भने अचम्मको छ । पुल २७ लाखमा बनेको भन्ने चर्चा संगै यतिबेला आलोचना पनि सुरु भएको छ । सामाजिक सञ्जालमा मन्त्रीकै जिल्लामा ३६ लाखको पुल यस्तो भन्छ, भन्दै टिका–टिप्पनी समेत सुरु भएको छ ।
पुल कति रकममा बन्यो भनेर अहिलेसम्म सम्बन्धीत निकायले कुनैपनि प्रतिकृया दिएको छैन । तरपनि चौर्तफी रुपमा भने आलोचना सुरु भैरहेको छ । यो बिषयमा पुल बनाउने निकायले चासो नदिदा भने शंका गर्ने ठाउँ भेटिन्छ ।
यदि उर्जामन्त्री बर्षमान पुनकै जिल्लामा २७ लाखमा यस्तो पुल बन्छ भने अन्य ठाउँहरुको अबस्था के होला – यो धेरैलाई चासोको बिषय बनेको छ । चारैतिर भ्रष्टाचारको कुरा उठिरहेको बेलामा, बडाचौर र पाङ जोड्ने पुलले मजाक गरिरहेको छ । यो बिषयमा सम्बन्धी कार्यालयले चाडै बास्तविकता बताओस् ।