एउटै दृष्टि, भिन्न कोण

देउवाको जिल्लामा यस्तो छ तमासा : पार्टी कार्यालयमै कुटाकुट !

२०७६ साउन ९ गते बिहिवार

नेपाली काँग्रेस डडेल्धुराभित्र रहेको गुटबन्दी छताछुल्ल भएको छ । लामो समयदेखि काँग्रेसभित्र रहेको आन्तरिक गुटबन्दी अन्ततः कुटाकुटमा परिणत भएको छ ।

नेपाल महिला संघ केन्द्रिय तदर्थ समितिका अध्यक्ष उमा रेग्मीद्धारा हस्ताक्षरित पत्रले तत्कालिन उपाध्यक्ष कलावति बोहरालाई संयोजक तोकि पठाएको र जिल्ला पार्टी सभापति तथा प्रदेश सांसद कर्ण बहादुर मल्लले पार्टीमा कुनै आधिकारिक जानकारी नभएकोले महिला संघको जिल्ला अध्यक्ष कमला विष्ट नै रहेको बताउँदै आएका थिए ।

विवादकैबीच मंगलबार तत्कालिन उपाध्यक्ष बोहराको संयोजकत्वमा गठित तदर्थ समितिको बैठक पार्टी कार्यालयमा बस्ने गरि तय भएको र कार्यालय सचिव एवं जिल्ला सभापति कर्ण बहादुर मल्लका स्वकिय सचिवले बैठक कक्षको चावी नदिएपछि ताला तोडेर बैठक सुरु गरिएको थियो । बैठक सुरु भएको केही समयमै कार्यालय सचिव विष्ट बैठकमा उपस्थित भई महिला संघका पदाधिकारीहरुमाथि हातपात गरेका थिए ।

कार्यालय सचिव विष्टले बैठक कक्षमा रहेका कुर्चीहरुले प्रहार गर्दा महिला संघ डडेल्धुराका उप–संयोजक बसन्ती भण्डारीलाई गम्भीर चोट लागेको महिला संघकी नेतृ सरस्वति खड्काले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस