एउटै दृष्टि, भिन्न कोण

जनताका एकमात्र मन्त्री- प्रदिप ज्ञवाली !

२०७६ साउन ९ गते बिहिवार

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याएका छन् । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परेर गम्भीर घाइते भएका २ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको ज्ञवालीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए ।

घाइतेलाई काठमाडौँ ल्याएपछि मन्त्री ज्ञवालीले फेसबुकमा लेखेका छन्, ‘२४ घन्टाको प्रतिक्षा र प्रयाश पश्चात् सत्यवती ३ ठूलोलुम्पेकमा राहत सामग्री पुर्याउन र घाइते वालिकाहरू करिष्मा र धनी त्रामुलाई उपचारका लागि ल्याउन सकियो । गृह मन्त्रालयकी सहसचिव इन्दु घिमिरे एवं नेपाली सेनाका कर्णेलद्वय प्रताप बोहरा र ऋषभ अधिकारीसहित सबैलाई धेरैधेरै धन्यवाद !’

गुल्मी क्षेत्र नम्बर १ का सांसदसमेत रहेका मन्त्री ज्ञवालीले हिजो लिम्घा र आज ठूलो लुम्पेकका पहिरो पीडितलाई राहत वितरण गरेका छन् । नेपाली सेनाको हेलिकप्टरको सहायतामा २० क्वीन्टल चामल, २ क्वीन्टल दाल, १ क्वीन्टल चिउरा लगायत खाद्यान्न वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस