एउटै दृष्टि, भिन्न कोण

राम र रुपा सांगीतिक चर्चामा !

२०७६ साउन ९ गते बिहिवार

पुणे । गायक राम शिलाल र निर्देशक रुपा शिलाल पछिल्लो समय निकै चर्चामा छन् । उनीहरु चर्चामा आउनुको कारणकोः गीत–संगीतको सफलता । मुम्बई पुणेमा बसोबास गर्ने यो जोडिले प्रवासमा पनि संगीत तर्फ राम्रो स्थान पाएकोछ । डोटी जिल्ला जन्मिएका गायक राम शिलाल, कैलालीमा बसाइ–सराइँ गरेका छन् । तर अहिले उनको सांगीतिक जोडि भने भारतको पुणेमा बस्दै आएको छ ।

२०५५ साल देखि औपचारिक रुपमा देउडा गीत गाउदै आएका शिलाल अहिले भने मुम्बई र पुणे लगायत भारतका प्राय ठाउँमा नेपाली देउडा गीत तथा भिडियो निर्माणको काममा निकै सक्रिय बनेका छन् । राम शब्द, संगीत र नृत्य पनि उतिकै राम्रो स्थान पाउछन् । गीतको भाब अनुसार अभिनय गर्न सक्ने शिलाल दम्पत्तीले लोक देउडा गर्या बसाइ सराइ भन्ने बोलको गीत नेसनल पावर न्युज अवार्ड २०१९ मा उत्कृष्ट ६ सम्म पार्न सफल समेत भएका थिए । शिलालले अहिलेसम्म दुईसय हाराहारी गीतको शब्द तथा संगीत गरेको बताए ।

क्यासेटको जमानादेखि गाँउदै आएका शिलाल अहिले भने थुप्रै गीत बजारमा ल्याउन सफल छ । उनका बिरकाडी कि, मैना चरी, पिर्ती भै जहर, गरिबका दुःख, डोटी भुवनेश्वर, रातो गलबन्दी लगायत गीतहरु चर्चामा छन् । प्रवासमा बसेरपनि देउडा क्षेत्रमा ठूलो सफलता हात पारेका छन, रामले । रुपा शिलाल अहिले निर्देशिनमा सक्रिय छिन् । उनको पनि पछिल्लो समय कामको राम्रो प्रसम्सा भैरहेको छ । देउडा भिडियोहरु पिर्ती भै जहर, गरिबका दुख, डोटी भुवनेश्वर, घरबार बिग्र्यो फेसबूकले लगायतमा रुपाको निर्देशन रहेको छ ।

प्रस्तुति – टंक बुढा

प्रतिक्रिया दिनुहोस