एउटै दृष्टि, भिन्न कोण

कहाँ लुके छवि र शिल्पा ?

२०७६ साउन ९ गते बिहिवार

अदालतले पक्राउ पूर्जी जारी गरेसँगै चलचित्र निर्माता छविराज ओझा र उनकी श्रीमती एवं अभिनेत्री शिल्पा पोखरेल फरार भएका छन् ।

छवि ओझाको पहिलो श्रीमती हेमा ओझाले छविराज ओझा र उनकी कान्छी श्रीमती शिल्पा पोखरेल विरुद्ध केही दिनअघि बुहूविबाहको उजूरी महानगरीय प्रहरी वृत्त गौशामा दिएकी थिइन् ।

सोही उजुरीको आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार छवि र शिल्पा पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनीहरु दुबैजना फरार भएका हुन् । उनीहरुलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिचालन भइसकेको छ ।

‘छवि ओझा र शिल्पा पोखरेललाई खोजिरहेका छौं, उनीहरु सम्पर्कमा छैनन्, हामी खोजिरहेका छौं,’ काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले भने ।

प्रतिक्रिया दिनुहोस