एउटै दृष्टि, भिन्न कोण

उपभोक्ता समितिको आश गर्नेहरु कम्युनिस्ट हुन सक्दैनन् !

२०७६ साउन १० गते शुक्रवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिस्ट हुन नसक्ने बताएका छन्।उनले लाभ लिने मानसिकता राखेर उपभोक्ता समितिको अध्यक्ष सचिव हुने सोचको अन्त्य हुनुपर्ने बताए ।

जनप्रतिनिधि जनताको आवाज सुन्ने, साझा हितको पक्षमा बोल्ने हुनुपर्छ, उनले भने, सत्ता र शक्तिमा पुगेपछि कार्यकर्ता, पार्टी सबै बिर्सीने र निजी स्वार्थमा सीमीत हुने रोग सल्कीन दिन हुन्न ।’उनले नेकपासँग जनतकामाझ गरेका चुनावी बाचा पूरा गर्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस