एउटै दृष्टि, भिन्न कोण

अध्यक्ष ओलीलाई ६ करोड अफर !

२०७६ साउन १० गते शुक्रवार

जनआस्थामा अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातमाथि सिआइबी र अख्तियारले नै छानबिन थालेको समाचार पढ्न पाउँदा खुशी लाग्यो । तर, उनीबारे केही तथ्य छुट्दा भने उत्तिकै दुःख पनि लाग्यो । जनआस्था साप्ताहिकमा समाचार छ ।

०७१ सालमा कर फस्र्यौट आयोगको अध्यक्ष पद रिक्त थियो । मंसिर महिनाको एक बिहान उनी त्यो पद ताक्दै शुरुमा एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमै पुगे । त्यसबेला एमालेसँगको साझेदारीमा सुशील कोइराला नेतृत्वको सरकार थियो । बालकोट पुग्नासाथ दीपले भने, ‘हजुर, मसँग आन्तरिक राजश्व विभागमा महानिर्देशक हुँदा ०६३ सालमा कर फस्र्यौट आयोगको सदस्य भएर काम गरेको अनुभव छ । अहिले धेरै कर उठाउनुपर्ने छ । त्यसैले मलाई त्यहाँ अध्यक्ष नियुक्त गर्नुप¥यो । म पार्टीलाई ६ करोड सहयोग गर्न सक्छु ।’

यस्तो कुरा सुनेर ओली अचम्ममा पर्नुभयो । दीपलाई त्यहाँ लैजाने एमाले नेता थिए, भोजपुरका । भूमिगतकालबाट बाहिर आउनासाथ सिको फाइभ घडी लगाउने ती नेता त्यसताका घडी चम्काई–चम्काई हिँड्थे । त्यो घडी उनै दीपले किनिदिएका रहेछन् । पार्टी अध्यक्षलाई सीधै पैसा अफर गरेपछि गाली खाए, अनि फर्किए । पार्टीको बैठकमा केपीले भन्नुभयो, ‘कर फस्र्यौटमा त्यस्तो के छ र रु दीप बस्न्यात मकहाँ आएर ठाडै ६ करोड दिन्छु भन्दै थियो १’ कर फस्र्यौट आयोग उठ्न बाँकी रकम निर्धारण गर्ने, छुट या मिनाहा गर्ने र कर छल्ने व्यापारीलाई वैधता दिनेजस्ता काम गरेर बद्नाम हुँदै आएको छ ।

केपीको गाली खाइसकेपछि दीप सोझै अर्थमन्त्री डा।रामशरण महतकहाँ पुगे । रामशरणले पनि हकारेर पठाए । किनभने, उनी ०६३ सालमा आयोगको सदस्य हुँदा २१ अर्ब करमध्ये तीन अर्बमात्र उठेको थियो, प्रतिशतमा १७ । त्यसपछि पुगे, सूर्यबहादुर थापाकहाँ । उनका छोरा सुनीलबहादुर थापा उद्योग तथा बाणिज्यमन्त्री । कर फस्र्यौटमा त उनले नियुक्ति पाएनन् । तर, राप्रपाको कोटाबाट अख्तियारको आयुक्त बने । अख्तियार पुगेपछि लामो समय स्वाद चाखिसकेको राजश्व हेर्ने जिम्मेवारी लिए । तर, अरुले पदको दुरुपयोग गरेकोबारे अनुसन्धान गर्नुपर्ने आयुक्त आफैँले पदको दुरुपयोग गरे । राजश्व क्षेत्रका कर्मचारी र व्यापारीहरु तर्साउने धन्दा नै चलाए । यो कुरा करको महानिर्देशक रहेका चूडामणि शर्माले लोकमानलाई सुनाए । त्यसपछि सचिवको रुपमा जिम्मेवारी बहन गरिसकेको भौतिक योजना हेर्ने गरी सारिए । दीपलाई यही कुराले चूडामणिसँग रिस थियो । जब चूडामणि अख्तियार छिरेर सोझै लोकमानकहाँ जान्थे, त्यसबेला दीपले भन्ने गरेका थिए, ‘माथि–माथि मात्रै जाने रु यता कुनै वास्ता छैन रु’ अर्थात्, राजश्वका मान्छे आफूकहाँ आइदिउन्, सेवा गरिदिउन् भन्ने चाहन्थे । त्यसैले लोकमान हटाइनासाथ स्वतः अख्तियार प्रमुख भएका उनले पहिलो झमटमा तिनै चूडामणिलाई सिध्याए ।

आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, विमानस्थल भन्सार, कलकत्ताको महावाणिज्यदूत बसेका उनले उपसचिव हुँदा थुप्रै भूमिसुधार कार्यालयको अनुभव संगालेका थिए । श्रममा हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक पनि भए । यिनै अनुभवका आधारमा भौतिक सचिव हुँदा बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणमा हात हाले । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेला उनको पिए बसेका सुधीरकुमार शाह भूमिसुधारका क्याडेट । दीप स्वयं लामो समय विभिन्न भूमिसुधारमा बसेका व्यक्ति भइहाले । त्यो जग्गामा नक्कली मोही खडा गर्नेदेखि अनेकन कागजी प्रपञ्च रच्ने काममा यिनैको भूमिका रहेकोमा कुनै शंका छैन ।

अख्तियारले दीपमाथि शुरु गरेको छानवीन सकिनासाथ प्रधानमन्त्री कार्यालयमातहत रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगले कारवाहीका लागि फाइलहरु ठिक्क पारेको छ । उनको सम्पत्तिसम्बन्धी विवरण, नातापाता, खातापाता सबै कुराको भित्री अनुसन्धान शुरु भइसकेको छ । एउटा व्यक्तिको बारेमा एक निकायले छानवीन गर्दागर्दै अर्को निकायले कारवाही गर्न मिल्दैन । अख्तियारको छानवीन एउटा निश्कर्षमा पुग्नासाथ सम्पत्ति शुद्धिकरण तात्तिँदैछ । अहिलेका प्रधानमन्त्रीलाई ०७१ सालमै ६ करोड अफर गरेको कुरा शायद उहाँले आफ्नै मातहतको निकायले छानवीन अघि बढाउँदा बिर्सिनु हुने छैन ।

– रामेश्वर पौडेल, नक्साल

प्रतिक्रिया दिनुहोस