अस्ट्रेलिया कार दुर्घटना, दुई नेपालीको मृत्यु !

अस्ट्रेलियाको कूमामा भएको कार दुर्घटनामा परी दुई जना नेपालीको आइतबार बिहान मृत्यु भएको छ। द नेप्लिज भ्वाइसका अनुसार उक्त दुर्घटना मोनारो हाइवेमा भएको थियो ।

कार तीव्र गतिमा रहेको र सोही कारण अनियन्त्रित हुँदा सडकबारमा ठोक्किन पुगेको हो। कार रुखमा ठोक्किएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। अगाडि सिटमा रहेका एक जना र पछाडि सिटमा यात्रारत अर्की एक महिलाको मृत्यु भएको उक्त सञ्चारमाध्यमले समाचारमा जनाएको छ। उनीहरुमध्ये दुई जनाले कारबाट बाहिर निस्किएर मद्दत मागेका थिए। उनीहरुलाई कूमा अस्पतालमा र कार चालकलाई क्यान्बेरा अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ।

Loading...
प्रतिक्रिया दिनुहोस