एउटै दृष्टि, भिन्न कोण

उदितनारायण झालाई ज्यान मार्न धम्की !

२०७६ साउन १३ गते सोमवार

बलिउड तथा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक उदितनारायण झालाई एक महिनादेखि पटक पटक ज्यान मार्ने धम्की आएको छ।

गायक झाले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै अम्बोली प्रहरी चौकीमा दुई हप्ता अगाडि उजुरी दर्ता गरेका थिए। उजुरीमा उनले आफूलाई एक व्यक्तिले एक महिनादेखि निरन्तररुपमा फोन गरेर नोक्सान पु¥याउने धम्की दिएको उल्लेख गरेका छन्। उनले ती व्यक्तिले आफूसँग पैसा भने नमागेको बताएका छन्।

उजुरी दर्तासँगै प्रहरीले धम्की दिने व्यक्तिको खोजी सुरु गरेको छ। धम्की दिने व्यक्तिको नम्बर बिहारको रहेको छ। उनले ती व्यक्तिले चोरीको नम्बरबाट फोन गरेर आफूलाई धम्की दिइएको बताएका छन्। प्रहरीको एक टोली बिहार पुगेर घटनाको अनुसन्धानको तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस