एउटै दृष्टि, भिन्न कोण

डा. सुरेन्द्र केसी – आइन्दा बोल्दा विचार गर्नुहोला !

२०७६ साउन १४ गते मङ्गलवार

अभिनेत्री करिश्मा मानन्धर आफनो विचार सामाजिक सञ्जाल फेसबुकमा खुलेरै राख्ने गर्छिन् । उनले आफुलाई चित्त बुझेका, चित्त नबुझेका कुरा फेसबुकमा लेख्दै आएकी छिन् । केहि समय अगाडि राष्ट्रिय भवनमा गएर कलाकारले नाच्न उचित नभएको भन्दै विवादित स्टाटस लेखेकी थिइन । अहिले उनले आफनो परिवार माथि उठेको प्रश्नलाई खण्डन स्टाटस लेखेकी छिन् । डा. सुरेन्द्र केसीले एक युट्युब च्यानलमा बिनोद मानन्धरले करिश्माको श्रीमान् भनेर आफुलाई चिनाउँदा अझै फिल्मकर्मीमा व्यक्तित्व विकास नभएको भनेका थिए ।

यसै कुरालाई खण्डन गर्दै करिश्माले फेसबुकमा लामो स्टाटस लेखेकी छिन् । उनले डा. केसीलाई अब बोल्दा विचार पुर्याएर बोल्न चेतावनी दिए लेखेकी छिन, डा. सुरेन्द्र केसी विश्लेषक, बोलिरहनु हुन्छ । तर कहिलेकाहीँ के बोल्नु हुन्छ के, त्यो वहाँको बोलाइको आधारमा वहाँको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो । हालै एउटा अन्तरवार्तामा वहाँले भन्नू भएको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यवहार र आचरणका कारण आफुलाई निम्न स्तरमा पारेका छन् र उदाहरण दिदा मेरो श्रीमान बिनोद जीको नाम लिनुभएको रहेछ । पोखरामा बिनोद जीले वहाँलाई देखेपछि आफै गएर भेट्नु भयो रे अनि म करिश्माको श्रीमान भन्नू भयो रे त्यसैले बिनोद जीले आफ्नो इज्जत घटाउनु भयो रे ! वहाँले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे यस्ता त छन् अनि के इज्जत हुनुरे ! बिनोद मानन्धर र ईश्वर मानन्धरको इतिहास हेर्नुस् । यदि करिश्मा केसीले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जीले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?

वहाँ जस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन् । जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र केसीलाई भेटेनी, म आफै बोल्न गए । बिनोद जीले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा. केसी ? जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उसले आफ्नो श्रीमतीलाई रानी सरहको व्यवहार गर्छ । अनि जो मनिस तपाईको अगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उसको कमजोरी होइन त्यो उसको बड्कपन हुन्छ । त्यहिँ बेला तपाई, बिनोद र मेरी छोरी कविताको युट्युब कुराकानी जब मेरो छोरीले सेयर गर्नु ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म सँग रिसाएकी थिई ।

त्यो तपाई प्रति उसको सम्मान थियो बुझ्नुभयो । तर त्यो कुराकानीमा मेरो परिवारको साधारणपन देखेर तपाईको अनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन् । आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस् । बिनोद मानन्धर तपाईको तुलनामा कुनै कुरामा कम छैनन् । सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाँले तपाईले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन् । हामीले तपाईको केही खाएको छैन ।

प्रतिक्रिया दिनुहोस