एउटै दृष्टि, भिन्न कोण

आ–आफ्नै स्वार्थ: खेम भण्डारी सालो बचाउँन, रवि लामिछाने साथि बचाउँन !

२०७६ साउन १५ गते बुधवार

कञ्चपुरमा बला*त्कार पछि ह*त्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्तको ज्यान गएको १ बर्ष वित्यो तर अहिले सम्म पनि दोषी पत्ता लाग्न सकेको छैन । चरम राजनितिकरण र खिचातानका कारण यो प्रकरण गिजोलिँदै आएको छ । अहिले सम्म पनि दोषी पत्ता लाग्ने कुनै अत्तोपत्तो छैन ।

केहि दिन यता भने यो प्रकरण फेर्री एकपटक बहसको केन्द्रमा रहेको छ । केहि दिन अघि मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको जस्तो घटना पहिले पनि भएको र आगामी दिनमा पनि हुने भन्दै समान्यीकरण गर्ने खालको अभिव्यक्ति दिएका थिए ।

त्यस लगत्तै मन्त्री थापाको व्यापक आलोचना भएको थियो । केहि दिन अघि चर्चिच संचारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनता सँगमा निर्मला प्रकरणमा अनुसन्धान गर्न गएका निलम्बित डिएसपी अंगुर जिसी सँग अन्तर्वाता गरेपछि यो प्रकरण फेरी एक पटक चर्चाको केन्द्रमा आएको छ ।

अन्तवार्तामा निलम्बीत डिएसपी जिसीले रुँदै दोषी दिलिप सिंह विष्टनै भएको दावी गरेका थिए । त्यस लगत्तैको कार्यक्रमको फलोअपमा घटना भएको दिनमा दिलिप सिंह विष्टलाई घटना स्थल नजिकै देखेको दावी गर्ने एक महिलाको आवाजलाई प्रस्तुत गरिएको थियो । दिलिप सिंह विष्टनै दोषी भएको आसय सहित सिधा कुरा जनता सँग कार्यक्रमले विभिन्न एपिसोड प्रसारण गर्न थाले पछि यो विषय थप पेचिलो बन्दै गएको छ।

गृहमन्त्री रामबहादुर थापा बादलले समेत कार्यक्रम प्रसारण भएपछि दिलिप सिंह विष्ट माथिनै धेरैको शंका रहेको अभिव्यक्ति दिइसकेका छन् । दिलिप सिंह विष्टनै दोषी भएको भन्ने माहोल बन्दै जाँदा कंञ्चनपुरम रहेर पत्रकारीता गरिरहका पहिले देखिनै दिलिप सिंह विष्टको बचाउँमा लागिरहेको पत्रकार खेम भण्डारीले भने फेरी पनि आफ्नो मिसन सुरु गरेका छन् । लगातार फेसबुक स्टाटस लेख्दै भण्डारीले विष्टको बचाउँमा डिफेन्स गरिरहेका छन् ।

कार्यक्रममा अन्तर्वाता दिएपछि निलम्बीत डिएसपी अंगुर जिसीलाई अंगुर जिसी दुख पाइस मंगले आफ्नै ढंगले भनेर लेखेका भण्डारीले अहिले रवि लामिछानेलाई लक्षित गर्दै अर्को कडा फेसबुक स्टाटस लेखेका छन् । रवि लामिछानेलाई आफ्नो साथी बचाउँन खोजेको आरोप लागाउँदै भण्डारीले रवि विरुद्ध यस्तो स्टाटस लेखेका छन: see more

प्रतिक्रिया दिनुहोस