चुपचापको अर्थ जस्ले जसो लाएँ पनि
दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।
झरेको आँशु जस्ले जसो ठानें पनि
नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।
जीवनको खुशी जस्ले जसो भनेँ पनि
छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।
शरदको रात जस्ले जसो देखेँ पनि
हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ।
झुकेको फूललाई जस्ले जसो थामेँ पनि
मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।
जीवनको बाटो जस्ले जसो ठानेँ पनि
बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।
केही समयअघि देखि चर्चित बनिरहेको ‘राजकुमारी’ पूर्णिका शाहले फेसबुकमा शेयर गरेकी हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी अर्थात पूर्वयुवराज पारस शाहकी जेठी छोरी पूर्णिकाको चर्चा सामाजिक सञ्जाल मार्फत चुलिँदै गएको छ । अचेल खासगरी सामाजिक सञ्जाल फेसबुकमा उनको सक्रियता निकै छ । उनलाई फेसबुकमा करिव ११ हजार जनाले लाइक गरेका छन् भने ११ हजार एक सय २५ जनाले फलो गरेकाछन् । उनी चर्चामा आउनुका पछाडि मुख्यतः ३ वटा कारण छन् ।