एउटै दृष्टि, भिन्न कोण

राजेन्द्र महत्तोसहित ८ जनाको नागरिकता खारेज !

२०७६ साउन २० गते सोमवार

सरकारले आठ जनाको नागरिकता खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयले आठ जनाको अंगिकृत नागरिकता खारेज गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जनाकारी दिएका छ्न । उनले ले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाहको नागरिकता खारेज गर्ने निर्णय गरेको जनाकारी दिए ।

विन्दे महत्तोको श्रीमति दानादेवी महत्तोको अंगिकृत नागरिकता खारेज गरेको मन्त्री बास्कोटाले जनाए ।

मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री बास्कोटाले विभिन्न ८ जनाको नेपाली नागरिकता खारेज गरिएको जनाएका हुन् ।

सरकारले गरेको निर्णयमा भनिएको छ, ‘झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका निम्न आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ– अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो ।

प्रतिक्रिया दिनुहोस