एउटै दृष्टि, भिन्न कोण

बिमलको गोलमा टिसीको बराबरी !

२०७६ साउन २० गते सोमवार

राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमल घर्तिमगरको गोलमा टिसी स्पाेर्ट्सले धिवेही प्रिमियर लिगमा बराबरी खेलेको छ ।

आईतबार राति भएको खेलमा टिसीले डा ग्रान्डी स्पाेर्ट्स क्लबसंग १–१ गोलको बराबरी खेलेको हो ।

३६ औ मिनेटमा बिमलले गोल गर्दै टिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै डा ग्रान्डी खेलमा फर्किएको थियो । पाहुना टोलीका लागि ओवाईदा खातुमले गोल फर्काएका थिए ।

Image may contain: 11 people, people smiling, people standing and outdoor

बराबरीपछि बिमल सम्मिलित टिसी ६ खेलबाट ९ अंक सहित चौथो स्थानमा उक्लिएको छ । डा ग्रान्डी तालिकाको दोस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस