एउटै दृष्टि, भिन्न कोण

शिवसेना नेपालको चेतावनीपछि, सातो गयो प्रचण्डको !

२०७६ साउन २१ गते मङ्गलवार

राजसंस्था पक्षधर शिव सेना नेपालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वराजाका विषयमा जथाभावी नबोल्न चेतावनी दिएको छ । युएई भ्रमण सकेर नेपाल फर्किएकै दिन सिन्धुलीको पुल उद्घाटन गर्ने क्रममा हालै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट खेद्ने बताएपछि प्रत्युत्तरमा शिव सेनाले भनेको छ, हामी नेदरल्यान्डस् पुग्दैनौ, नेपाली जनताको साथ लिएर प्रचण्डका लागि यहिँ हेग तयार पार्छौं । शिव सेना अध्यक्ष अनिल बस्नेतले विज्ञप्ति जारी गरी जनताको साथमा रहेका पूर्वराजाप्रति आवेग र उत्तेजनामा नबोल्न सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस