एउटै दृष्टि, भिन्न कोण

‘देशभक्तिको मिलनबिन्दु’मा समाहीत होऔं !

२०७६ साउन २५ गते शनिवार
  • कुसुम कुसुम

संकटकालको गम्भीर अवस्थामा राजा ज्ञानेन्द्रले विद्रोहरत माओवादीलाई ‘देशभक्तिको मिलनबिन्दु’मा आउन आब्हान गर्नुभएको थियो । वास्तवमा त्यो बडा दुरदर्शी, देशभक्तिपूर्ण र यथोचित आग्रह थियो, जसलाई माओबादीहरुले मानेनन् । देशभक्तिको मिलनबिन्दुमा नआई प्रचण्ड र बाबुरामहरु ‘देशघातको मिलनबिन्दु’ (दिल्लीमा बाह« बुँदे समझदारी)मा पुगी हाम्रो आन्तरीक मामिलामा भारतको हात माथि पारिदिए, जसको घातक परिणाम (नागरिकता विधेयकदेखि जलश्रोत सम्झौताहरु) आज हामी भोगिरहेका छौं ।

२०३३ सालमा इन्दिरा गान्धीका अनुचीत प्रस्ताव अस्वीकार गरेर जन नेता विपी कोइराला ‘देशभक्तीको मिलनमिन्दु’ ठम्याउँदै राष्ट्रिय मेलमिलापको नीतिका साथ स्वदेश फर्कनुभएको थियो । अहिले विप्लव कमरेडलाई पनि देशभक्तिको मिलनबिन्दुको हेक्का छ । आम नेपाली जनताले पनि देशभक्तिको मिलनमिन्दु ठम्याइसकेका छन् । एमाले र काँग्रेसभित्रका देशभक्तहरुलाई पनि यसको हेक्का भइसकेको हुनुपर्छ । केबि रोकायाजस्ता क्रिश्चीयन नेतासमेत अचेल धर्मनिरपेक्षता अफाप भो, हिन्दु राष्ट्र नै चाहिन्छ भन्दैछन् ।

कश्मीरको विवाद, इन्डो प्यासीफिक हस्तक्षेप, विमस्टेक र चिनको बिआरआइ आदि पक्षहरुको आपसी तानातानमा हाम्रो मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय अस्मीता पनि खतरामा पर्नसक्छ । यस्तो बेला देशभक्त शक्तिहरु देशभक्तिको मिलनबिन्दुमा एकढिक्का हुनैपर्छ । र, यसको नेतृत्व कुनै भरपर्दो, लामो परम्परागत पृष्ठभूमि भएको र देश निर्माणमा योगदान दिएको, सेनामा पनि आस्था बरकरार रहेको शक्ति अर्थात राजसंस्थाले गर्नुपर्छ भन्ने पक्षमा विचार बलियो हुँदै गएको म पाउँछु । देशभक्तिको मिलनबिन्दुमा अब प्रधानमन्त्री ओलीदेखि सबै एमालेगण, राप्रपा, राजपा, काँग्रेस, राजाबादी, विप्लवबादीदेखि प्रचण्डसमेत आउनुको विकल्प छैन । देश बचाउने हो भने अब यही एउटा बाटो बाँकी छ ।

प्रतिक्रिया दिनुहोस