एउटै दृष्टि, भिन्न कोण

श्रीमतीलाई मन्त्री बनाउने खेलमा बामदेब गौतम !

२०७६ साउन २७ गते सोमवार

बामदेब गौतम श्रीमतीलाई मन्त्री बनाउने खेलमा लागेको आरोप यतिबेला सुरु भएको छ । लामो समयदेखि ओली सरकार पुनर्गठनको चर्चा चलिरहेको छ । नयाँ मन्त्री बन्न लागेका भनिएकाको सूचिमा वामदेव गौतमकी श्रीमती प्रतिनिधिसभामा सांसद तुलसी थापा गौतम पनि रहेको बताइएको छ । वामदेवकी श्रीमती तुलसीलाई महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनेबारे कुरा भइरहेको स्रोतले जनाएको छ ।

हाल मन्त्री रहेकी थममाया थापालाई हटाउने तयारी भइरहेको दाबी नेकपा श्रोतको छ । यसबारे प्रधानमन्त्री निकट स्रोतलाई सोध्दा उनले अश्वीकार गरेनन् । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न वामदेव जानुलाई नेकपाभित्र श्रीमतीलाई मन्त्री बनाउने विषयसँग पनि जोडेर हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस