एउटै दृष्टि, भिन्न कोण

मन्त्री अर्ब, पीए करोड कमाउने धन्दामा छन्, कसरी आउँछ समाजवाद ?

२०७६ साउन २८ गते मङ्गलवार

काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले देश दलाल पुँजीपतिको हातमा रहेका कारण कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि कमाउधन्दामा लागेको बताएका छन् । १० वर्षमा मन्त्री अर्बपति र पीए करोडपति हुने गरेको उनको भनाइ छ ।

‘देश दलाल पुँजीपतिको हातमा छ । सबैलाई पुँजी चाहिएको छ, । देशको समृद्धि होइन, व्यक्तिको समृद्धि चाहिएको छ’, उनले भने ‘समृद्ध बन्न मन्त्रीहरुले १० वर्षमा अर्ब, पीएले करोड कमाउने गरेका छन् ।’

पार्टी र नेतृत्व दलाल पुँजीवादको चंगुलमा फेसेको उनले बताए । दलाल पुँजीवादकै कारण समाजवादमा पुग्न कठिन भएको उनले सुनाए । नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको ‘संघर्षको इतिहास’ पुस्तक समीक्षा गर्दै भुसालले देशको सबै क्षेत्रमा दलाल पुँजीपति हावी भएको बताए । कमाउधन्दाका कारण इमानदार कार्यकर्ताको मनोबल खस्किँदै गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस