एन आर एन बेल्जियममा नयाँ नेतृत्वका लागि ‘सर्वसहमति कि निर्वाचन’ ?

  • सन्तोष न्यौपान
    बेल्जियम

बेल्जियमको लुभेन सहर निवासी चिरन कुमार खवास एन आर एन बेल्जियमको नया नेतृत्व निर्वाचनद्वारा चयन गर्नुपर्ने मत जाहेर गर्दछन | उनको बुझाइमा एन आर एन हामि सबैको विश्व व्यापी संजाल बनाउन सफल साझा सस्था भयको हुनाले कार्यसमिति चयन गर्न केहि ब्यक्त विशेष मात्रै वसेर निचोड निकाल्दा उपलब्धिपूर्ण नहुने रहेको छ | नेपाली ब्यबसायी बेल्जियमका उपाध्क्षय समेत रहेका खवास निर्वाचन प्रजातान्त्रिक पद्धती भयकोले पराजित हुनेले समिक्षा गर्दै आगामी दिनहरुमा कसरि बढ्ने भनेर रणनीति तयार गर्ने सक्नेमा जोड दिन्छन | तर सहमति गर्दा पछाडी छुटनेहरु पराइ हुदै जाने उत्तिकै सम्भावना रहेको उनको तर्क रहेको छ |

Loading...

त्यस्तै गरेर आन्तर्प निवासी माेना बेल्जियमका पुर्ब अध्यक्ष तथा समाजसेवी योगेन्द्र श्रेस्ठ सकेसम्म सर्वसहमतीमा कार्यसमिति चयन हुनुपर्ने मान्यता राख्दछन | खर्च तथा सामाजिक एकताको लागि सहमतिमा नै जानुपर्ने भयतापानी बेल्जियमको सवालमा विगत देखि वर्तमान सम्म आइपुग्दा यो सर्वसहमती भन्ने शब्द वाचन मात्रै गर्ने तर प्रयोगमा नआउने भैसकेको श्रेस्ठ प्रस्ट पर्दछन |यसपाली पनि सहमति हुनेमा उनि ढुक्क छैनन|

लुभेनका खवास र आन्तर्पका श्रेस्ठ भन्दा बेग्लै मत मदन दवाडीको रहेको छ |दवाडी यदि सहमति भयर नया नेतृत्व चयन भयमा उनीहरुले आफ्नो दायित्व सम्झने उनको तर्क रहेको छ |नेपाली ब्यबसायी संघ बेल्जियमका महासचिव रहेका दवाडीले आफ्नो उदारहण दिदै भने ‘ब्यबसायी संघमा पनि मैले चुनाब जितेर आयको भय मैले त् जितेर आयको नि भन्ने अलिकति उन्माद हुन्थ्यो | तर सहमतिमा चयन हुदा म लगायत हामीमा केहि गर्नु पर्दछ भन्ने छ | मलाई अनुजा प्रधानले सहमतिमा छाड्नु भयो अब मैले उहाको अगाडी केहि गर्नु पर्दछ भन्ने छ |” दवाडी चुनाबमा हार्ने आत्तिने जित्ने मात्तिने हुने तर सहमति द्वारा जादा खर्च समय बचत हुनुका साथै सबैको जित हुने पनि हुन्छ |

माथिका विचारहरु हेर्दा एन आर एन बेल्जियममा सहमति गर्दा राम्रो देखिने भयतापनी अन्तमा निर्वाचन नै हुने देखिन्छ| एन आर एनको समयमा मिलेको जन सम्पर्क समिति बेल्जियम भित्र भित्र दुइ चिरामा देखिन्छ | समितिले सन्तोष जोशीलाई अदक्ष्यको रुपमा अगाडी सारेको छ | जोशी सीता सापकोटा पक्षका उम्मेदवार हुन् | त्यस्तै गरेर पदम गुरुङ , अनुजा प्रधान र कमल पन्थी गंगाधर गौतमका उम्मेदवार हुन् | अनुजा अहिलेको कार्यकालमा रहेपनि २ वर्षमा निस्क्रिय जस्तै रहेको कमिटि भित्रका एन आर एन बताउछन | पन्थीको ब्यबसायको किचलो र सामाजिक मदभेद हेर्ने हो भने उनलाई एन आर एन भित्र छिर्न नैतिकताले दिदैन | तसर्थ समिति बाट गुरुङ र जोशी मात्रै जादा केहि हद सम्म मिल्न सक्ने देखिन्छ |

त्यस्तै गरेर प्रवासी नेपाली एकता मंच बाट अहिले चित्र सुबेदी ,गंगा सर्मा ,खडग केसी र तिर्थ धमला चुनाबी मैदानमा देखियका छन | धमला र शर्मा गत निर्वाचनमा पराजित हुन् | सहमति बाट जाने हो भने सहानुभूति र कार्यगत सैलिको आधारमा दुबैलाई स्थान दिनु पर्दछ | केसी पनि उत्तिकै सक्रिय रुपमा कार्य गर्ने ब्यक्ति हुदा मिलायर लैजानुपर्ने देखिन्छ | तर जसस बेल्जियमका सन्तोष जोशी र चित्र सुबेदीलाई दाज्ने हो भने जोशीलाई एक कार्यकाल दिदा अझ फलदायी हुनेमा दुइमत छैन | सुबेदी आइसीको लागि सुहाउदो उम्मेदवार हुन् |

सचिवको लागि अगाडी सरेका दिपक न्यौपाने पनि एन आर एन मा गयर केहि गर्नुपर्दछ भन्ने उर्जाशील युवा हुन् | तर उनको सैक्षिक क्षमता अनुसार जाने हो भने उनलाई कोषाधक्ष्य पद पर्फेक्ट पद हो | उनले आफ्नो पदलाई सिस्टममा लैजान खुबी राख्दछन | सहमति भयमा यसतर्फ पनि ध्यान दीनु पर्दछ | अर्को तर्फ कासी दनैले पनि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन | ब्यबसायी संघमा दनै भयकोले एन आर एन को महत्वपूर्ण पदमा उनले हात नहालेको उचित देखिन्छ | यस बाहेकका कोहि क्षमतावान उम्मेदवार वा इच्छुक भयमा त्यता पनि ध्यान दीनु जरुरि देखिन्छ |

सहमति शब्द आफैंमा सकारात्मक उर्जा दिने शब्द हो । बेल्जियमको एन आर एन को आगामी कार्यकाल सहमति मार्फत भयको खण्डमा युरोप भरिका एन आर एन मा यसको सकारात्मक सन्देश जान सक्दछ।सहमतिले माथि भनेझै खर्च समयको बचत हुन्छ नै निर्वाचन गराउनु पर्ने झन्झट नी टर्छ। तर सजिलै सहमति हुनेमा ढुक्क भने हुन सकिँदैन।
यसको लागि गत निर्वाचनलाई हेरौं।अहिलेका अध्क्षय लोक दाहालले जित्नुमा सबै भन्दा ठूलो हात गंगाधर गौतम,जानकी गुरुङ र पदम गुरुङ को रहेको थियो।जसको कारण जन संपर्क समितिमा अन्तर्घात को ट्याग गौतमलाई लगाइएको थियो। हो अहिलेपनि सहमतिको बाधक गौतम नै बन्नेछन्।उनको रणनीतिले फेल खाएमा सहमतिको झिनो आसा राख्न सकिन्छ। अनुजा प्रधान र कमल पन्थी गौतमले उठाएका उम्मेदवार हुन।यी दुवै गौतम कै इसारामा अहिले सम्म चल्दै आएका छन् भने भोलि पनि हुने त्यही नै हो। उता मञ्चले सजिलै छाड्ने पनि देखिँदैन। देशमा नेकपाको वर्चस्व रहेको बेलामा त्यसको प्रभाव बेल्जियमको समितिमा देखिनु कुनै नौलो होइन। त्यसको फाइदामा मंच लाग्ने निश्चित देखिन्छ ।

अब सहमति भयन भने निर्वाचन गर्नुपर्ने हुन्छ ।निर्वाचन गर्दा मतदाता र उम्मेदवार दुवै लाई एउटा कुरा चाहिँ फाइदा हुने देखिन्छ।मतदाता ले उम्मेदवार चिन्न पाउँछन्।अलि बाठो मतदाताले उम्मेदवार संग प्रश्न सोधपुछ गर्न सक्छन्।उम्मेदवारको मतदाता संग निकट सम्बन्ध स्थापित हुन सक्दछ। तर निर्वाचनले सही व्यक्ति चयन गर्न भने सक्दैन। जसले गर्दा संस्था धरासायी बनाइराख्न सहज तुल्याउँछ। आफैं सदस्यता लिएका सदस्यहरूले आफ्नो विवेकले मतदान गरेतापनि बनाइएका सदस्यहरूले आफू निकट र ठेकेदार उम्मेद्वारहरुलाई मतदान गर्ने निश्चित हुन्छ।जसले केही गर्न खोज्ने उम्मेदवार सधैं पछि पर्दछन्। एन आर एन मा तिनैको हावी हुन्छ जसको आवस्यकता हुँदैन।

एन आर एन बेल्जियममा यसपाली १४४१ सदस्य रहेका छन | अनलाइन द्वारा सदस्य भर्ने नया नियमको कारण गत सालको भन्दा सदस्य संख्या केहि कम भयको छ | तर यो संख्या आफै सदस्य हुनेहरुको भने हैन |

प्रतिक्रिया दिनुहोस