चर्चित पत्रकार हरिशण लामिछानेले सत्य यही हो भन्न त गाह्रो छ तर सत्यको नजिकसम्म भने अवश्य पुग्न सकिन्छ #be_strong_Rabi भन्दै रवि लामिछानेलाई धैर्यता नगुमाउन सल्लाह दिएका छन् ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उनका दाइ तथा चर्चित पत्रकार हरिशरण लामिछानेले फेसबुकमा यस्तो स्ट्याटस् लेखेका हुन्
आफ्नाे भाइको पक्राउप्रति सहानुभुति राखदै उनले लेखेका छन्, ‘सत्य यही हो भन्न त गाह्रो छ तर सत्यको नजिकसम्म भने अवश्य पुग्न सकिन्छ । त्यसैले त, सत्यको जित नभए पनि आखिरमा सत्य मर्दैन भन्छन् । सत्य तथ्य सबिस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौ।