एउटै दृष्टि, भिन्न कोण

रबि लामिछानेका समर्थकहरुकाे अराजक गतिविधि राेक्न सांसदहरुकाे माग

२०७६ भाद्र १ गते आइतवार

पत्रकार शालिकराम पुडासैनीबारे आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । शून्य समयमा बोल्दै सांसदहरुले अनुसन्धान प्रक्रियामा प्रभावित हुनेगरी भइरहेका गतिविधि रोक्न पनि सरकारसँग माग गरेका छन् ।

सांसद महेश्वराज गहतराजले रवि लामिछानेका समर्थकहरुले अनुसन्धान प्रक्रियाप्रति अवरोध सिर्जना गरेको विषय उठाए ।

उनले भने, “के निहुँ पाउँ र कनिका बोकाउ भन्ने उखानलाई चरितार्थ गर्नेगरी गैरकानूनी रुपमा हुलहुज्जत गर्ने काम भइरहेको छ । म त्यसको निन्दा र भत्र्सना गर्दछु ।”

सांसद गहतराजले अनुसन्धान निष्पक्ष हुनुपर्ने माग गरे । प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी ठहर गर्ने कानूनी प्रक्रिया उल्लङ्घन गर्दै भइरहेका क्रियाकलापले शान्ति सुरक्षा र सुशासनविरुद्ध भएको सांसद गहतराजले बताए ।

“मेरो मान्छे राम्रो हुन्छ, अपराधि हुँदैन भन्ने मनोविज्ञानले समाजलाई कतातिर लैजान्छ ? आज गम्भीर चिन्ता र चासोको विषय हो”, उनले प्रश्न गरे ।

अर्का सांसद यज्ञराज सुनुवारले पनि रवि लामिछानेको गिरफ्तारीपछि भइरहेको गतिविधिलाई रोक्न आग्रह गरे ।

दोषीले कानूनी सजाय पाउनुपर्ने र अनुसन्धान प्रक्रियालाई खलल पु¥याउने गतिविधि रोक्न सांसद सुनुवारले सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस