एउटै दृष्टि, भिन्न कोण

रवि लामिछानेविरुद्ध शालिकराम श्रीमतीद्वारा किटानी जाहेरी !

२०७६ भाद्र १ गते आइतवार

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता एवं पत्रकार रवि लामिछानेविरुद्ध किटानी जाहेरी परेको छ । आइतबार पुडासैनीकी श्रीमती सम्झना घिमिरेले लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भई परिसरमार्फत चितवन प्रहरीमा जाहेरी दिएकी हुन् ।

सम्झनाले लामिछाने, अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की विरुद्ध आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मुलुकी अपराध संहिता अनुसार कारवाही गर्न माग गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस