एउटै दृष्टि, भिन्न कोण

पारस शाहलाई गिरफ्तार गर्न नेकपा नेताको माग !

२०७६ भाद्र २ गते सोमवार

सत्तारुढ नेकपाका एक प्रभावशाली युवा नेताले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि जाइलागेका पूर्वयुवराज पारस शाहीमाथि कारबाहीको माग गरेका छन् ।

अधिवक्तासमेत रहेका नेकपा नेता सुरेन्द्र बस्नेतले पारसलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । बस्नेतले राजकाजमा रहेका बेला विगतमा गायक प्रवीण गुरुङ हत्या, अर्का गायक रामकृष्ण ढकालमाथिको कुटपिट लगायत आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई यसपटक छोड्न नहुने उल्लेख गरेका छन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं आमसञ्चारका माध्यम र सयौं मान्छेका अगाडि ड्युटीमा रहेका प्रहरी नायव निरीक्षकलाई सार्वजनिक रुपमा मुक्का हान्ने पारस शाहलाई तुरुन्त गिरफ्तार गरी कारबाही गरियोस् । विगतमा प्रवीण गुरुङको हत्या , लोकप्रिय गायक रामकृष्ण ढकालमाथिको कुटपिट लगायतका सयौं आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई अहिले पनि असनको साँढेजस्तै छाड्नु जरुरी छैन । यो लोकतन्त्र हो’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस