एउटै दृष्टि, भिन्न कोण

रवि लामिछाने समर्थकको प्रदर्शनमा नेकपाको आपत्ति !

२०७६ भाद्र २ गते सोमवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चितवन जिल्ला समितिले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ । प्रदर्शनमा पार्टीका नेताको नामै किटेर नाराबाजी गरेको भन्दै नेकपा चितवनले आपत्ति जनाएको हो । सोमबार जारी विज्ञप्ति नेकपाले अनुसन्धान र न्यायालयको निर्णय समेतलाई प्रभाव पार्ने गरी हुलहुज्जत, अराजक गतिविधि र परिवर्तनविरोधी नारा लागेको बताएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन । नेकपाले लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी नहुने पार्टी सदस्य, शुभेच्छुकलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस