एउटै दृष्टि, भिन्न कोण

सुसाइड नोट लेखेर सिंहदरबारमा आत्महत्या

२०७६ भाद्र ३ गते मङ्गलवार

मुलुक सञ्चालनको केन्द्रीय सचिवालय मानिने सिंहदरबारभित्र मंगलबार एउटा अचम्म लाग्ने घटना भएको छ। राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसीले आफ्नै कार्यालयमा विष सेवन गरी आत्महत्या गरेका छन्।

घटना अनुसन्धान गरिरहेको प्रहरीका अनुसार उनको साथबाट सुसाइड नोट बरामद भएको छ। ‘मेरो आफ्नै कारणले यो बाटो रोजेको हुँ यसमा कसैको पनि दोष छैन ’, उनले सुसाइड नोटमा लेखेका छन्। उनी मृत भेटिएको ठाउँमै विषको बट्टा र पाकेको केरा भेटिएका छन्।

मृत्युको घटना थाहा पाएपछि योजना आयोग परिसरमा प्रहरी तथा अन्य कर्मचारीहरू। तस्विर: प्रविन कोइराला

‘घटनास्थलबाट सलफस नामको विषादीको डिब्बा र केरा बरामद भएको छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले नेपालखबरसँग भने, ‘फरेन्सिक भ्यानसहितको टोलीले थप अनुसन्धान गरिरहेको छ।’ अनुसन्धानका लागि प्रहरीले फरेन्सिक विज्ञलाई समेत झिकाएर मुचुल्का उठाएको छ।

प्रतिक्रिया दिनुहोस