चितवन । प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई गण्डकी छड्केका कार्यक्रम प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले भेटेका छन् । प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्रिपाठीले आफ्नाे फेसबुक वालमा लेखेका छन्:
प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र युबराज कँडेललाई भेटेँ, रवि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन, भेटमा उहाँले मुख्यतः ४ वटा बिषयमा कुरा गर्नु भो,
१. मलाई फसाउन खोजियो
२. प्रहरी अनुसन्धानको प्राथामिकता बारे
३. म यहाँ छु धेरै जनता, का समस्या टेलिभिजनमा देखाउन छुटिसके,
४. अस्ति अदालतमा भएका बिषय, साथै चितवनका एसपी, डिएसपी , जिल्लाका राजनैतिक दलका केही नेता र प्रदर्शनकर्ताका अगुवा सँग पनि भेटघाट भयो, घटनास्थलमा पनि पुगे, अधिकांश सुचना प्रहरीले लुकाएको छ, परिस्थिति लाइ आफू अनुकुल बनाउन केही तत्वहरु मार्फत पुडासैनिको लाशमाथि लाजनिती पनी गरिएछ
(नोट म भाषण गर्न चाही आएको हैन है ?