एउटै दृष्टि, भिन्न कोण

देश बनाउन राजनीतिमा आउने रवि लामिछानेको संकेत !

२०७६ भाद्र १० गते मङ्गलवार

पत्रकार शालिकराम पुडासैनी प्रकरणपछि धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेले भविष्यमा आफू राजनीतिमा आउन सक्ने संकेत दिएका छन् । चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरेर लामिछानेले मिडियाबाट समाज परिवर्तन गर्न कठिन भयो भने राजनीतिमा जान पनि तयार रहेको संकेत गरेका हुन् ।

रवि लामिछानेलाई देशको उच्च पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासा छ नि भन्ने प्रश्नको जवाफमा लामिछानले राजनीतिमा जानका लागि आफूले अहिले चुकुल लगाएको तर ताला भने नलागएको बताए । अहिले तत्काल राजनीतिमा आउँनेभन्दा पनि अहिले भएका नेताहरू र पार्टीलाई इमान्दार बनाउने काम गर्ने पक्षमा म छु, लामिछानेले भनेका छन् ।

जनताको भोट लिएर आएका नेताहरूले आफ्नो धरातल बिर्सन नहुने लामिछानेले बताए । उनले आफूले सञ्चार क्षेत्रबाट त्यो काम गर्ने बताएका छन् । आफू अब अझ थप बलियो भएर आउँने लामिछानेले बताएका छन् । उनले आफूले पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस