एउटै दृष्टि, भिन्न कोण

छ माया छपक्कै बोकेर भाग्दै–भाग्दै कहाँ पुग्लान् दिपक !

२०७६ भाद्र १४ गते शनिवार

छ माया छपक्कै दशैं अघि नै आउने चर्चा फल्मी बजारमा नभएको होइन तर फिल्म वारको डरले भाग्दै गर्दा निर्माता तथा कलाकार दीपकराज गिरीमाथि अनेकन प्रश्न उठेका छन् । दशैंको टिका अगाडि प्रदर्शनमा आउन नसक्नुको कारण ऋतिक रोशन र टाइगर श्राफ अभिनीत बलिउड फिल्म ‘वार’ हो । यो फिल्म असोज १५ गते अर्थात् फूलपातीको दुई दिन अगाडि प्रदर्शनमा आउँदैछ ।

‘छ माया छपक्कै’ असोज १७ गते प्रदर्शनमा ल्याउने तयारीमा थिए, दीपकराज । तर, ‘वार’ ले बक्सअफिसमा मिच्ने देखेपछि उनी भिड्न तयार भएनन् । प्रायः पब्लिक फोरममा विदेशी फिल्मसँग नेपाली फिल्म प्रतिस्पर्धा गर्न योग्य भएको भन्दै भाषण ठोक्ने वत्ता हुन, उनी । तर, उनी आफैं बलिउड फिल्मसँग भिड्न डराएर कुलेलाम ठोकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस