एउटै दृष्टि, भिन्न कोण

रोल्पाली छोरा, जो नेपाल लोक स्टार को पहिलो स्टार बन्न्ने यात्रामा छन

२०७६ भाद्र १४ गते शनिवार

रोल्पा शनि विश्वकर्मा यतिबेला चर्चाको शिखरमा छन । नेपाली लोक स्टारको पहिलो राउण्डमै गोल्डेन स्टार पाएर टप २० मा पुगेका शनिको विगत त्यति सजिलो रहेन ।

रोल्पा जिल्ला जनयुद्धको उद्गम थलो । भर्खर युद्दको घाउहरु सेलाउदै थिए । चराहरु शान्तरुपमा उड्न थालेका थिए । बालबच्चाहरु निर्धक्क खेल्न थालेका थिए । गोठालो जाने आमाबाबुहरु बल्ल आनन्दले गित गाउदै स्याउलापात गर्दै काम गर्ने वातावरणमा थिए । त्यहि बेला रोल्पाको सदरमुकाम नजिकै रहेको जंकोट गाविसको वडा नं ८ मा आमा मन कुमारीको कोखबाट जन्म लिन पुगे शनि विश्वकर्मा ।

बाबुको नाम मन बहादुर बिक हो । घरको आर्थिक अवस्था त्यति बलियो थिएन तर पनि जेनतेन हुर्किने अवसर पाए शनि । आमाबाबु अनि परिवारको मेहनतले उनी पनि सानैदखि लगनशील रहे । खासै बोल्दैनन उनी तर उनिभित्र अथाहा प्रतिभा लुकेर रहेको छ ।

पहिलो आइएमइ नेपाल लोक स्टारको भोट  शनि विश्वकर्मा लाई गरौ । भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई L (स्पेस ) 24 टाइप गरि 37000 मा म्यासेज सेन्ड गर्नु होस् । र Ime pay मार्फत पनि भोट गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस