एउटै दृष्टि, भिन्न कोण

कृषिमन्त्री चक्रपाणि खनाललाई डेङ्गु !

२०७६ भाद्र १९ गते बिहिवार

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंगुको संक्रमण देखिएको छ ।

डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए । डेंगु संक्रमणको आशंकामा अस्पतालले उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो ।

बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस