एउटै दृष्टि, भिन्न कोण

थाइल्याण्ड बसाई पछि पुर्वराजा काठमाडौं !

२०७६ भाद्र २३ गते सोमवार

करिब एक महिना लामो थाइल्याण्ड बसाई पछि पुर्वराजा ज्ञानेन्द्र शाह, पुर्वरानी कोमल र बुहारी हिमानी आज सोमबार नेपाल फर्कने हुनुभएको छ ।

पुर्वराजाको सक्रियताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ससंकित भएको अवस्थामा लगातार थाइल्याण्ड भ्रमण गर्नुभएका ज्ञानेन्द्र नेपाल फर्कन लाग्नुभएको हो ।

थाइल्याण्डमा अध्ययनरत नातिनी पुर्णिकालाई भेट गर्ने कारण देखाउदै थाइल्याण्ड जाने गर्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाउदै भारत लगायतका देश भ्रमण गर्ने गर्नुभएको छ । ज्ञानेन्द्र गएको साउन २४ गते निजी सचिव सागर तिमल्सिनाका साथ थाईल्याण्ड जानुभएको थियो । अघिल्लो दिन अर्थात साउन २३ गते पुर्वयुवराज्ञी हिमानी र पुण्किा थाइल्याण्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस