एउटै दृष्टि, भिन्न कोण

माओबादीका पूर्वसभासद यौन हिंसा अभियोगमा पक्राउ !

२०७६ भाद्र २३ गते सोमवार

एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा संविधानसभाका सदस्य योगेन्द्र घिसिङ पक्राउ परेका छन् । ललितपुर प्रहरीले घिसिङलाई आज पक्राउ गरेको हो । भैसेपाटी–रत्नपार्क चल्ने सार्वजनिक बसमा एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा तत्कालीन सभासद घिसिङलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिए ।

घिसिङ २०७० सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फवाट समानुपातिक तर्फ सभासद बनेका थिए । संबिधान निर्माणलगत्तै उनले पार्टी छोडेको घोषणा गरेका थिए । घिसिङले सार्वजनिक सवारीमा महिलामाथि यौन हिंसा गरेको किटानी जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । ललितपुर संखु घर भएका घिसिङलाई कस्तो मुद्धा चलाउने भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शिलापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस