एउटै दृष्टि, भिन्न कोण

म्यानमारका सामाजिक मन्त्री सहितको १२ जनाको टोली बुटवलमा

२०७६ भाद्र २६ गते बिहिवार

नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली बुटवलमा आएको हो ।

म्यानमारको चाइन स्टेटका सामाजिक मन्त्री पाउलुन मिन थानसहित १२ जना सहभागि टोलीले बुधबार बुटवल उपमहानगरपालिकाको अध्ययन अवलोकन गरेको हो । उक्त टोली गत आइतबारदेखि नेपालमा छ । टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको समेत अवलोकन गरेको छ ।

प्रतिक्रिया दिनुहोस