- सन्तोष न्यौपाने (बेल्जियम)
विशेष गरेर नेपाली दूतावास बेल्जियमले भिजिट नेपाल २०२० लाइ प्रवद्र्धन गर्ने हेतुले उक्त दौडमा भाग लिएको थियो।जसमा राजदूत लगायत दुतावास परिवार सहभागी भयका थिए। तर त्यतिखेरको फोटो अहिले पर्यटन मन्त्री योगेश भट्टराईले फेसबुकमा सेयर गरेका छन्।
मन्त्री भट्टराईको फेसबुक पेज नेपाल देखि ५ जनाले चलाइरहेको पेजमा देखिन्छ।मन्त्री भट्टराइले नबुझिकन आफैले सेयर गर्नु अनौठो देखिएको छ। अर्कोतर्फ बेल्जियम बाट कसले उक्त फोटो मन्त्रीलाई पठायो??दुतावास वा सहभागीले??जसले पठाएपनि पुरानो फोटो लाइ अहिले फेसबुक मार्फत प्रचार प्रसार गर्नु उचित देखिँदैन।
पर्यटनमन्त्री भट्टराइले उक्त फोटो फेसबुक पेजमा राखेपछि यो समाचार तयार पार्दा सम्म ४३ जनाले सेयर गरेको देखिन्छ।जसमा बेल्जियम निवासी मदन दवाडी र स्वयं राजदूत समेत रहेका छन्। राजदुतले सेयर गर्नु नौलो मानिएको छ। कमसेकम राजदुतले मन्त्रीलाई भनेर क्याप्सन परिवर्तन गर्न लगाएको भय उत्तम हुने थियो।
फोटो आएपछि यो पंक्तिकारले “एक डेढ महिना अगाडि सम्पन्न कार्यक्रमको तस्विरलाई अहिले प्रकाशनमा ल्याउनु भनेको सस्तो लोकप्रियता हो।अझै दूतावासका कर्मचारीले सामाजिक सञ्जालमा सेयर गर्नु झन उनीहरूको Cheap popularity….दूतावासले नेपाल कती विदेशी नागरिक पठायो ? पर्यटन प्रवद्र्धन को लागि केके काम गर्यो??काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर….
#सस्तो लोकप्रियता बर्खास्त गरौं।” भन्ने विचार राखेपछि राजदूत लोक बहादुर थापाले फेसबुक बाट अन्फ्रेन्ड गरे।जुन कूटनीति नियोगमा काम गर्ने कर्मचारीको मनस्थिति प्रस्ट बुझ्न सकिन्छ।
यही विषयमा आन्तर्प बस्ने मदन दवाडी लेख्छन् – ” एक ढेड महिना होइन ४ महिना अगाडीको हो। भिजिट नेपाल २०२० हो र अहिले हामि २०१९ मा छौँ। माननिय मन्त्री ज्यु त्यतिखेर मन्त्री हुनुहुनथेन वहाँले मन्त्री भएपछि कहिँ कतै बाट यो देख्नुभयो अनि शेयर गर्नुभयो। हामिले गरेको कामलाइ मन्त्रीज्युको घ्यानआकर्षण भएकाले खुसि लाग्यो शेयर गरियो यसमा के को सस्तो लोकपृयता? १३ बर्षको बालक र कयौँ महिला सहित देशको लागि २० किमि दौँडदाँ तपाँइ त्यहाँ भाग लिन जरुरी ठान्नु भएन अनि अहिले भए र भ्याका जति सबै सामाजिक संजालमा नेगेटिभिटि शेयर गरि हिँड्नु भएको छ।
पुरानो फोटो यसरी सेयर गर्दा फाइदा त हुन्छ नै तर फेसबुक प्रयोग कर्ता झुक्याउने काम पनि उत्तिकै हुन्छ। त्यस्तै गरेर मन्त्री भट्टराइले राखेको दोस्रो फोटो कुनै नेपालीको पसलमा जुन महिनामा खिचेको देखिन्छ।बेल्जियम निवासी कासी ड्नै ले फेसबुकमा राखेका थिए।
अन्तमा, पंक्तिकारलाई यही विषयका कारण फेसबुक बाट अन्फ्रेन्ड गर्ने राजदूत थापा लाई बेल्जियम निवासी शंकर बजगाईंले व्यंगात्मक शैलीमा प्रश्न यसरी टेर्सायका छन्:-“अक्टोबर ५ अाईतबार फेरि ब्रसेल्समा हजारौंको दौड छ र सयौ नेपाली यहीँ टिसर्ट लगायर दौडदै छन नयाँ यो पनि हो/राजदुत ज्यूले यूरोपियन यूनियनको हवाई प्रतिबन्ध हटाउन धैरै लागि पर्नु भयको छ र यो काम पनि हुन्छ यो भन्दा नयाँ र राम्रो के होला ?”