एउटै दृष्टि, भिन्न कोण

कांग्रेसको कार्यक्रममा: नेकपाका कार्यक्रताले कोइरालाको हात भाँचिदिए !

२०७६ भाद्र २६ गते बिहिवार

नेपाली कांग्रेसकी नेतृ तथा बाँके जिल्ला सभापति किरण कोइरालासहित एक दर्जन नेता सत्तारूढ नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका छन् । २४ भदौदेखि शुरू हिमाल, पहाड, तराई–मधेश ९हिपतम० राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानको कार्यक्रमअन्तर्गत बिहीबार बाँकेको खजुरा गाउँपालिका–२ स्थित सितापुर रेडक्रसको हलमा कार्यक्रम भइरहँदा नेकपाका कार्यकर्ताको आक्रमणमा कोइराला घाइते भएकी हुन् ।

वाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा क्षेत्र नं २ को आयोजनामा भएको सो कार्यक्रमस्थलमा खजुरा गाउँपालिका वडा– १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

कोइरालासहितका नेतालाई कार्यक्रमस्थलमै स्थानीय मुमबहादुर वली, निर्मल खत्रीलगायतका १३र१४ जनाको समूहले ‘यो हाम्रो क्षेत्र हो, यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाइँदैन’ भन्दै नेतृ कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायतमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा परी जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौं कार्यकर्ताहरू घाइते भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस