मुम्बईमा चम्किएकी, तर नेपालमा गुमनाम स्क्रीप्ट राइटर सम्पदा मल्ल !

  • राम कुमार श्रेष्ठ

प्रायः कला साहित्यका कार्यक्रममा पिता अशेष मल्लका हात समाएर पुग्ने सम्पदा मल्लले लेखेकी हलिउड फिल्म ‘क्याराभान’को रिभ्यु ११ वर्षमा कान्तिपुर कोसेलीमा प्रकाशित गरिन । पछि रेडियो नेपालमा छिरेर बाल कार्यक्रममा सहभागिता जनाउन थालिन् । विस्तारै ‘फ्रिलाइन्सर राइटर’भएर कथा लेख्न थालिन् । उनका कथाहरू छापिँदै गए । एकदिन तिनै छरिएका कथाहरूलाई ‘अनायसै एकदिन’शीर्षकको कथासंग्रह निकालिन् ।

मुम्बईबाट मास्टर्स पढाइ पूरा गरेपछि महिनाको पाँच हजार तलबमा प्रोडक्सन असिस्टेन गर्ने कुरो त भयो, तर कनर्फम नगर्दै अर्का सिरियल राइटर ‘सबा मुम्ताज’को स्क्रीप्ट राइटर असिस्टेनको अफर आयो ३० हजार रूपैयाँ तलबमा ।

Loading...

मुम्बईमा रहँदा थुप्रै चर्चित फिल्मका लागि स्क्रिप्ट लेखिन ।
नेपालमा लेखनमा त्यति पैसा छैन । तर, उनी नेपालमै बसेर लेख्न चाहन्छिन् । त्यहाँ सेकेण्ड सिटिजन हुनुभन्दा नेपालमा फर्स्ट पिपुल भएर काम गर्ने मन भएर फर्किन उनी ।

पैसा कमाउनका लागि मात्रै उनले काम गरिनन् । उनले सहकार्यमा काम गर्न लागिरहेकी छिन् । नेपाल र मुम्बईमा फोकस गरेर काम गर्न चाहिरहेकी छिन् । उनले निरन्तर काम पाइरहेकी छिन् । राम्रै पैसा पनि दिइरहेका छन् । उनी पैसाको लालचमा भन्दा पनि नेपालमा नै बसेर राम्रो काम गर्न चाहिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस