एउटै दृष्टि, भिन्न कोण

प्रहरीले ज्ञानेन्द्र शाहीलाई एक-पटक सुध्रिने मौका दियो !

२०७६ भाद्र ३० गते सोमवार

काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् । उनले भनिन्, आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर छाडेका हौं ।’ उनका अनुसार शाहीलाई यो सुध्रिने मौका हो । शाही लगायतका युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस