एउटै दृष्टि, भिन्न कोण

कीर्तिपुर आउँदा माइती आएजस्तो लाग्छ !

२०७६ असोज ४ गते शनिवार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्ने बताएका छन्। शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ। मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ।

उनले आफू २०र२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध पनि रहेको बताए। तानाशाही पञ्चायतको आन्दोलनको बेलामा भूमिगत रूपमा बस्ने, प्रशिक्षणहरू चलाउने, संगठन बनाउने र जनतासँग अन्तर्क्रिया गर्ने थलो पाँगा, कीर्तिपुर थियो, उनले भने। सेतोपाटीमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस