एउटै दृष्टि, भिन्न कोण

साझा सद्भाव समूह महाराष्ट्र–गुजरातले बनायो तीन महिने कार्ययोजना !

२०७६ असोज ६ गते सोमवार

मुम्बई । साझा सद्भाव समूह महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिको घोषणा सभा र तीज विशेष कार्यक्रमको समिक्षा तथा घोषणापछिको पहिलो बैठक सम्पन्न भएको छ । साझा सद्भाव समूह महाराष्ट्र–गुजरात संयुक्त राज्य समिति संयोजक भरतप्रसाद भट्टराईको अध्यक्षता तथा साझा सद्भाव समूह भारतका केन्दीय संयोजक गंगाप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा महत्वपूर्ण निर्णय गरेर, बैठक सम्पन्न भएको हो । बैठकमा साझा सद्भाव समूह भारतका केन्दीय सल्लाहकार महेशराज रेग्मी र केन्दीय सदस्य चन्द्रकला भट्टराईको समेत सहभागिता रहेको थियो । बैठकमा सहभागिहरुले भारत प्रवासमा साझा सद्भाव समूहलाई छिटो र प्रभाबकारी रुपमा संगठन बिस्तारको गति बिस्तार गर्ने बारेमा छलफल तथा सुझाबहरु राखेका थिए ।

बैठकबाट साझा सद्भाव समूह महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिले संगठन बिस्तारलाई तिब्रता दिन तीन महिने कार्य योजना बनाइएको छ । प्रशिक्षण कार्यक्रम गर्ने, तिहारमा देउसी भैलो खेल्ने, दसैको अबसरमा शुभकामना आदानप्रसाद कार्यक्रम गर्ने र सांस्कृतिक कार्यक्रम गर्ने योजनाहरु बैठकले अनुमोदन गरेको छ । तीन महिनाको अबधिमा बिभिन्न नगरसमिति घोषणा गर्ने उदेश्य रहेको साझा सद्भाव समूह महाराष्ट्र–गुजरात संयुक्त राज्य समिति संयोजक भरतप्रसाद भट्टराईले जानकारी दिनुभयो । साथै अन्तर्राष्ट्रिय सद्भाव समूह र साझा पार्टीको समन्बयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिनेछ ।

बैठकले संगठन विभाग, प्रचार प्रसार विभाग र सामाजिक विभागको जिम्मेवारी समेत बाँडफाड गरेको छ । संगठन विभागमा भरतप्रसाद भट्टराई, प्रचार प्रसारमा जगत भण्डारी र सामाजिक विभागमा लक्ष्मण बोहोरालाई जिम्मेवारी दिइएको छ । बैठकमा साझा सद्भाव समूह महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिका सहसंयोजक एकेन्द्र बोहोरा, कोषाध्यक्ष मोतिलाल भट्टराई लगायत अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस