एउटै दृष्टि, भिन्न कोण

भाग्दै गरेको राँगालाई नेपाल प्रहरीको इन्काउन्टर !

२०७६ असोज ७ गते मङ्गलवार

कालीमाटीमा मान्छेलाई हानेर भागेको रागाँलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली हानेर मारेको छ ।

मासुका लागि तराईबाट ल्याइएको राँगाले कालीमाटी झार्ने क्रममा सडकमा निस्किएर चारजनालाई हानेर घाइते बनाएको थियो ।

मान्छेलाई हानेर भागेको राँगालाई प्रहरीले खिचापोखरीमा घेरा हालेर गोली हानेर मारेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएपी उत्तमराज सुबेदीले जानकारी दिए ।

घाइते चार जनाको वीर अस्पतालमा उपचार भइरहेको सुवेदीले बताए । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस