एउटै दृष्टि, भिन्न कोण

रास्काेट अस्पताल निर्माणको लागि बेल्जियमबाट १७ लाख सहयोग !

२०७६ असोज ११ गते शनिवार

बेल्जियम । बेल्जियम निवासी दुई जोडीको सक्रियतामा हस्पिटल निर्माण सहयोगार्थ १७ लाख बेसी रकम संकलन गरेका छन्। सुनिता गुरुङ र नारायण धिताल ले ४ महिनामा बेल्जियम लगायतका देशहरू बाट १७ लाख ६ सय ४५ रुपियाँ संकलन गरेका हुन्।

आज न्युज २४ को कार्यालयमा गई सुनिता गुरुङले उक्त रकमको चेक रवि लामिछाने फाउन्डेसनका संस्थापक रवि लामिछाने लाई हस्तान्तरण गर्नुभएको छ। हस्तान्तरण पछि बोल्दै गुरुङले भन्नुभयो” योकार्यमा सबै नेपालीहरुको सहयोग नभएको भए यत्रो रकम संकलन गर्न सम्भब थियन। सहयोगी मन सबैलाई हाम्रो आशीर्वाद छ।” २८० जनाले आफू सक्दो रकम सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस